Comments Add Comment

चिकित्सकलाई सोध्नैपर्ने ८ प्रश्न

अक्सर हामी चिकित्कसँग दोहोरो कुराकानी गर्दैनौ । चिकित्सकले जे भन्छन्, चुपचाप शिरोधर गर्छौ । चिकित्सकको कुरालाई नर्कान मिल्दैन/सकिदैन पनि । तर, कतिपय कुरा अस्पष्ट हुन्छ, जसबारे थप परामर्श गर्नैपर्छ । भलै ति स-सना कुरा हुनसक्छ, यद्यपी स्वास्थ्यसँग जोडिएकाले संवेदनशिल हुन्छ ।

साथै, औषधीका सम्बन्धमा हामी खासै जानकारी राख्दैनौ । कुन औषधी बढी प्रभावकारी हुन्छ, कुन कम्पनी वा ब्रान्ड राम्रो हुन्छ, त्यसको सहि मूल्य कति हुन्छ, कति अवधीसम्म सेवन गर्नुपर्छ भन्ने जस्ता आधारभूत प्रश्न पनि हामी सोध्दैनौ । यहि कारण औषधी सेवन गर्ने क्रममा हामीमा अनेकन द्विविधा हुन्छ । अतः चिकित्सकसँग हामीले निम्न प्रश्नहरु सोध्नैपर्छ ।

१. के यो ब्रान्डेड औषधीको ठाउँमा सामान्य औषधी -जेनरिक मेडिसिन) लेखिदिन सक्नुहुन्छ ? किनभने सामान्य औषधीको मूल्य निकै सस्तो हुन्छ ।

२. औषधी सेवन गरिरहेको बेला कस्तो खानेकुरा खानुपर्छ, कस्तो खानेकुरा खानु हुँदैन ? यस सम्बन्धमा पनि चिकित्सकलाई सोधौं ।

३. यदि उपचार प्रक्रिया लामो समयसम्म चल्दैछ भने औषधी बदल्नु पर्छ कि, पर्दैन ? एकै खाले औषधी पुन खरिद गर्नु पर्छ कि ? सोध्नुहोस् ।

४. यदि कुनै औषधीको डोज बढी भयो वा कम भयो भने के गर्ने ? चिकित्सकलाई सोधौं ।

५. कुनैपनि औषधी सेवन गरेपछि त्यसको अनेक साइड इफेक्ट हुनसक्छ । आफुले सेवन गर्न लागेको औषधीको कुनै त्यस्तो साइड इफेक्ट छ कि ? बुझौं ।

६. औषधी सेवन पछि पुन जाँच गर्नुपर्छ कि पर्दैन ? औषधीले प्रभावकारी ढंगले काम गरेको कुरा कसरी थाहा पाउने ? चिकित्सकलाई सोधौं ।

७. औषधी कति समयअन्तरमा सेवन गर्ने हो । औषधी सेवन गरे लगत्तै अन्य केहि खानेकुरा खान हुन्छ कि हुँदैन ? बुझौं ।

८. औषधीलाई कसरी भण्डारण गर्ने ? कस्तो स्थानमा भण्डारण गर्नुपर्ने औषधी हो ? चिकत्सकसँग बुझौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment