Comments Add Comment

घरेलु टोली ताप्लेजुङ पाथीभरा गोल्डकपको सेमिफाइनलमा

२४ साउन, ताप्लेजुङ । घरेलु टोली नव प्रयास क्लव ताप्लेजुङ दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

घरेलु दर्शकको राम्रो साथ पाएको नव प्रयासले मोरङको पथरी स्पोर्टस क्लवलाई दुई शून्यले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

सदरमुकामस्थित भानु जन माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा राष्ट्रिय खेलाडीहरु समावेश गरेको पथरीले पहिलो हाफमा ताप्लेजुङलाई दवावमा राखेको थियो । यद्यपि पहिलो हाफमा दुवैले गोल गर्न सकेनन् ।

दोस्रो हाफमा भने ताप्लेजुङ लयमा देखियो । ताप्लेजुङलाई जित दिलाउने क्रममा नव प्रयासका रमेश लिम्बूले पेनाल्टीबाट गोल गरेका थिए भने निराजन गुरुङले अर्को गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच ताप्लेजुङका कप्तान तथा गोल स्कोरर रमेश लिम्बू चुनिए ।

२ लाख ११ हजार १११ पहिलो पुरस्कार रहेको प्रतियोगितामा १० टिमको सहभागिता छ ।

प्रतियोगिता अन्तर्गत भोलि साविक बिजेता गोर्खा स्पोर्टिङ क्लव दमक र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment