Comments Add Comment

प्रचण्ड पनि दुबै चुनाव एकै पटक गर्ने पक्षमा


२५ साउन, बुटवल । एकीकृत नेकपा माओवादी केन्द्र पनि प्रादेशिक र संघीय चुनाव एकैपटक गर्ने पक्षमा उभिएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबै चुनाव एकै चरणमा पर्नु पर्ने बताएका हुन् । ‘यसो गर्दा संवैधानिक अप्ठ्यारो पनि पर्दैन,’ उनले भने, ‘निर्विवाद उपाय भनेको केन्द्र र प्रदेशको समानुपातिकको मत्रपत्र र बाँकी एउटै बनाउँदा मिल्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले दुबै चुनाव एकै चरणमा गर्ने प्रस्ताव अघि सार्दै आएका छन् । प्रमुख विपक्षी दल नेकपा एमाले पनि प्रधानमन्त्री देउवाकै लाइनमा देखिएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले पनि समर्थन गरेपछि अब दुबै चुनाव एकै चरणमा हुने सम्भावना बढेको छ ।

यसबारे प्रमुख तीन दल केही दिनमै टुंगोमा पुग्ने उनले बताए । साथै चुनाव मंसिर पहिलो साता हुने दाबी गरे ।

राजपा चुनावमा नआए आफैं सिद्धिन्छ

माओवादी अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुने बिश्वास ब्यक्त गरे । निर्वाचनमा नआए राजपाका लागि आत्मघाती हुने उनले दाबी गरे ।

वैद्य-बाबुराम-विप्लवसँग एकताको पहल

प्रचण्डले पार्टी बिभाजनको कारण स्थानीय चुनावमा माओवादीको अपेक्षित नतिजा नआएको बताए ।

पार्टी थप बलियो बनाएर अघि बढ्न सबैसँग छलफल भइरहेको भन्दै उनले भने, ‘वैद्य, बाबुराम, विप्लवसम्म पनि एकताको पहल भएको छ, सकारात्मक हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment