Comments Add Comment

भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा

२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

डा. भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुग्नुभएको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईको स्वास्थ्यलाभको कामना गरे ।

मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना हुनु भएका थिए । उनी बुधबार नै घर फर्किएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment