Comments Add Comment

बिग बोसमा अनेक हर्कत गर्ने स्वामी ओमजी चोरी आरोपमा पक्राउ

बिग बोस फेम स्वामी ओमजी महाराज चोरी आरोपमा दिल्लीमा पक्राउ परेका छन् । उनीमाथि चोरी गरेको तथा घरभित्र जबरजस्ती पसेर हतियार लुकाएको आरोप छ ।

थाहा भएकै हो, स्वामीले बिग बोसमा उत्पात मच्याएका थिए । शोका क्रममा उनले आफु स्वंमलाई भगवान भन्दै विवादित बयान दिएका थिए । कतिसम्म भने, उनले आफ्नै प्रतिस्पर्धीमाथि पिसाब फ्याकेका थिए । त्यही कारण स्वामीलाई बिग बोसको घरबाट गलहत्याइयो ।

यद्यपी बिग बोसबाट बाहिरिएपछि उनको तान्डप खपिनसक्नु भयो । उनले कार्यक्रम सञ्चालक तथा अभिनेता सलमान खान बिरुद्ध नानाभाँती बोलेर जग हँसाए ।

त्यसो त उनको तिखो र हास्यस्पद अभिव्यक्तिले बेलाबेला तरंग पनि ल्याउँछ । केहि समयअघि मात्र स्वामीले भारतको राष्ट्रपतिको पदको लागि आफु दावेदारी भएको बताएका थिए । र, त्यसका लागि १ सय जना सांसदले हस्तक्षर गरेर उनलाई समर्थन गरेको भन्दै दुनियाँलाई हँसाएका थिए ।

विग बोससँग जोडिएको चर्चा सेलाएपनि स्वामी ओमको कान्ड रोकिएन । केहि समयअघि मात्र उनलाई महिलाहरुले जमेर धुलाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment