Comments Add Comment

दलित महिला बनिन् जिसस स्याङ्जाको संयोजक

सीता सुन्दास

२६ साउन,स्याङ्जा । जिल्ला समन्वय समिति (जिसस) स्याङ्जाको संयोजकमा दलित महिला सीता सुन्दास निर्वाचित भएकी छन् ।

एमालेकी उम्मेदवार सुन्दासले १५ मत पाएर बिजयी हुँदा कांग्रेसका अर्जुनप्रकाश अर्यालले ७ मत प्राप्त गरे ।

जिससको नेतृत्वमा आउने सुन्दास पहिलो महिला हुन् । यसअघि दलित समुदायकै मनोहर पौडेल विश्वकर्मा पर्वत जिल्ला समन्वय समितिको प्रमुख भएका थिए ।

त्यस्तै जिससको उपाध्यक्षमा पनि एमालेकै दिलिप बगाले निर्वाचित भएका छन् । सदस्यहरुमा टिकाकुमारी डुम्रे, सीता थापा, धनमाया विक रहेका छन् ।

अल्पसंख्यक समुदायबाट तेजेन्ऽ सुनार र खुला सदस्यतर्फ विष्णुप्रसाद आचार्य, गुमानसिंह थापा क्षेत्री र विष्णुबहादुर चन्द निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment