+
+

बिम्स्टेक मन्त्रीस्तरीय बैठक आजबाट 

एजेन्डा तय गर्न वरिष्ठ अधिकारीहरुको बैठक चल्दै 

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते १२:१३

२६ साउन, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५ औं मन्त्रीस्तरीय बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

बैठकको उद्घाटन साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।

मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्नका लागि वैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औं बैठक (एसओएम) बसिरहेको छ ।

बैठकले बिम्स्टेकको १४औं बैठकले  पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनलगायत १४ विषयमा छलफल गरी एजेन्डा तयार पार्ने छ ।

जारी बैठकमा भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यानमार र श्रीलंकाका वैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी छन्

बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात सञ्जाल, जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ ।

मन्त्रिस्तरीय बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भुटानका विदेश मन्त्री दाम्चो दोर्जी बिहीबार अपरान्ह  काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

थाइल्याण्ड र म्यान्मारबाट भने उपविदेश मन्त्रीको सहभागिता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ देखि नेपालले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?