Comments Add Comment

बालबालिका हत्याको दोषि पक्राउ नपरेको भन्दै भोजपुरको अरुण गाउँपालिका बन्द

२६ साउन, भोजपुर । डेढ महिना पुग्दासम्म तीन बालबालिकाको हत्यारा पत्ता नलागेको भन्दै आजदेखि अरुण गाउँपालिकाभर अनिश्चितकालीन बन्द गरिएको छ ।

हत्यारा पक्राउ गर्न दवाब दिन गठन गरिएको संघर्ष समितिको आहृवानमा अरुण गाउँपालिका अन्तरगतका ७ वटै वडा कार्यालय, गाउँपालिका र वडास्तरका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बन्द गरिएको हो । त्यस्तै हिले भोजपुर नारदमुनी सहायक राजमार्गमा पनि गाडी चलेको छैन ।

घटना भएको लामो समयसम्म पनि रहस्यमय बन्नु र कोहि पनि पक्राउ नपर्नुले कानुनी राज्यको उपहास भएको र स्थानीय त्रसित भएकाले दवाब दिन अनिश्चितकालीन बन्दको आहृवान गरिएको संघर्ष समितिका संयोजक राजकुमार खत्रीले बताए । दोषी पहिचान गरी कारवाही नगरिएसम्म बन्द नखुल्ने बताइएको छ ।

गाउँलेहरु जिल्लाको पूर्वी प्याउली बजारमा भेला भएर दवाबको लागि जुलुस निकालिरहेका छन् । अबोध बालबालिकाको हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै घटनाबाट त्रसित स्थानीयलाई सुरक्षाको प्रत्याभुती गर्नुपर्ने, हत्यारालाई चाँडो कानुनको दायरामा ल्याउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने जस्ता माग राखेर स्थानीय आन्दोलित छन् ।

गत असार १० गते साँझ घरबाट हराएका १६ वर्षीय रन्जिव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदिप फुयाल असार १२ गते सोमबार विहान स्थानीय तोरन कार्कीको माछापोखरीभित्र शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।

घटनाको छानवीनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ सातादेखि अनुसन्धान थालेपनि केहि परिणाम बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment