Comments Add Comment

साक्षरता दिवसको अवसरमा फोटोग्राफी प्रतियोगिता

२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा  फोटोग्राफी प्रतियोगिता घोषणा  भएको छ ।

शिक्षा मन्त्रालय र अनौपचारिक शिक्षा केन्द्रसँगको सहकार्यमा युनेस्कोले ‘सूचना प्रविधि युग सापेक्ष साक्षरता’ लाई विषयवस्तु बनाएर प्रतियोगिता अायोजना गरिएको हो ।

सूचना र प्रविधिको विकाससँगै बदलिंदो चाहना र आवश्यकताहरुलाई पूरा गर्न साषरता मार्फत कस्ता सीपहरु हासिल गर्न जरुरी छ भन्ने विषयलाई बसहका रुपमा उठान गर्न प्रतियोगिताको आयोजना गरिउको युनेस्कोले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई पाँच हजार र तृतीय हुनेलाई २५ सय र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

युनेस्कोको  वेवसाइट मार्फत ३० सेप्टेम्बेर २०१७ (शुक्रवार, भाद्र २३, २०७४) सम्म प्रतियोगिताका लागि फोटो पठाउन सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment