Comments Add Comment

देशलाई नौला तारा दिँदै ‘ओप्पो नेपाल आइडल’को मञ्च

२६ साउन, काठमाडाैं । ‘नेपाल आइडल’ वर्तमान समयमा देशकै सर्वाधिक लोकपि्रय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ । अन्तरर्राष्ट्रिय रियालिटी शो आइडलको फ्रान्चाइजका रुपमा भियाइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई बिश्व स्मार्टफोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजन गरेको छ ।

उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले प्रायोजनका लागि नेपाल आयडलको मञ्च छनोट गरेको कम्पनीका ब्राण्ड म्यानेजर माइकल लीले बताए । हाल कार्यक्रम उत्कृष्ट सातको चरणमा पुगिसकेको छ ।

नेपाल आइडलको मञ्चबाट देशले गायन क्षेत्रका लागि नयाँ नयाँ उदयिमान प्रतिभाहरु पनि पाइरहेको छ । प्रतिस्पर्धामा कायम रहेका र बाहिरिसकेका कलाकारहरुको समेत लोकपि्रयता नियाल्दा प्रायोजनका पछाडी रहेको ओप्पोको लक्ष्य पुरा भएको लीले बताए । कार्यक्रमले यसमा सहभागी प्रतिस्पर्धीलाई जनताको स्टारका रुपमा स्थापित गरिसकेको छ ।

विदेशमा पनि उत्तिकै लोकप्रिय

‘रियालिटी शो’को ढाँचामा सञ्चालित नेपाल आइडलमा दर्शकको भोटिङले विशेष महत्व राख्छ । हरेक हप्ता प्रतिस्पर्धीहरुलाई अगाडी बढाउन दर्शकद्वारा असंख्य भोट प्राप्त भइरहेको आयोजकले जानकारी दिएका छन् । प्रतिस्पर्धीहरुलाई नेपालका साथै विदेशबाट समेत उत्तिकै भोट प्राप्त भइरहेको छ ।

यसबाट तिनको लोकप्रियता नेपालका साथै, विदेशमा समेत ब्यापक रहेको पुष्टि हुन्छ । यही कारण प्रतिस्पर्धाबाट बाहिरिएका तथा प्रतिस्पर्धामा अगाडी बढी रहेका कलाकारलाई विदेशमा कार्यक्रमका लागि समेत प्रशस्त प्रस्ताव आइरहेको छ ।

बाहिरिएका प्रतिस्पर्धीहरुले अहिले प्राप्त लोकप्रियताको उपयोग गर्दै आफ्नै तथा लोकपि्रय गीतका कभर भर्जनपनि प्रस्तुत गरिरहेका छन् । सामाजिक सञ्जाल लगायतमा तिनलाई प्राप्त ब्यापक लोकपि्रयता र सराहनाले तिनको स्टारडमको पुष्टि हुन्छ ।

प्रायोजक पनि सन्तुष्ट

सेल्फी एक्स्पर्ट क्यामेरा फोन निर्माताका रुपमा परिचित ओप्पोले विश्वभर विभिन्न कार्यक्रमहरुको प्रायोजन गर्ने गरेको छ । कम्पनीले गर्ने विज्ञापन मार्फत सो देशले पनि राम्रो प्रतिफल पाओस् भन्ने कम्पनीको उद्देश्य रहने गरेको छ ।

यही उद्देश्यका साथ नेपालमा अवसरको परखाइमा रहेका प्रतिभाले आफ्नो कौशल देखाउन राम्रो मञ्च पाओस् भन्ने सोचका साथ कम्पनीले नेपाल आइडलको प्रमुख प्रायोजकका रुपमा प्रायोजन गरेको हो ।

कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुले पाइरहेको अवसर र लोकप्रियताले प्रमुख प्रायोजक ‘ओप्पो’पनि निकै खुसी रहेको कम्पनीका प्रतिनिधीले जानकारी दिए ।

हरेक हप्ता ट्रेण्डिङ्


नेपालमा अहिले आइडल संस्करणले अत्यधिक चर्चा तथा लोकपि्रयता पाइरहेको छ । कार्यक्रमको बढ्दो क्रेज र यू-ट्युब, फेसबुक लगायत, सामाजिक सञ्जालमा यसको चर्चाले कार्यक्रमको सफलताको प्रमाण दिन्छ ।

जनजिब्रोमा समेत यसको ब्यापक चर्चाले कार्यक्रमका विजेता तथा सहभागीले उल्लेख्य सफलता पाउने सहजै अनुमान गर्न सकिन्छ । ‘नेपालमा हाम्रो यस प्रायोजनले नयाँ प्रतिभा जन्माउन उल्लेख्य सहयोग गर्नेमा हामी निकै आशावादी छौँ’, लीले भने ।

आयडलको नेपाली संस्करण ‘नेपाल आयडल’ एपीवान टेलिभिजनबाट प्रशारित भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment