+
+

बिमस्टेक बैठक सुरू, स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर छि्टटै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते २१:०५

२६ साउन, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) को विदेशमन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरू भएको छ ।

बिमस्टेकको १५ औं मन्त्रिस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोगका क्षेत्रलाई अझ घनीभूत बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौँ कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तार जस्ता सबै क्षेत्रमा निर्णयमा पुगौँ र ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाऔँ ।’

नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन पहिलो प्राथिमकता भएको बताए । संवैधानिक प्रावधानअनुसार स्थानीय चुनाव भइसकेको र बाँकी चुनाव गर्न सरकार दृढ रहेको उनले बताए ।

केके छन् एजेण्डा ?

उद्घाटनसत्र अघि बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बसेको थियो, जसले स्वतन्त्र व्यापार सम्झौता, विद्युतीय गि्रड एकआपसमा जोड्ने र प्रविधि आदान प्रदानलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

सचिवस्तरीय बैठकमा स्वतन्त्र व्यापार सम्झौता, विद्युतीय गि्रड एकआपसमा जोड्नेबारे समझदारीमा छिट्टै हस्ताक्षर गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बताए ।

लागू औषध नियन्त्रण, मानवतस्करी रोक्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?