Comments Add Comment

बागलुङमा घर भत्किदा २ जनाको मृत्यु

२७ साउन, बागलुङ । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका-९ बडगाउँमा घरको गाह्रोले च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब १ बजेको समयमा घरको पछाडिपट्टकिो गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षीय जयलाल बिक र उनका नाति १३ बर्षीय छोरा बिबेक बिकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

घरमा नाति, हजुरबुबा मात्र बस्दै आइरहेका थिए । राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर र्फकेका उन्का आफन्त प्रदिप सुनारले बताए ।

बिहान अबेरसम्म पनि नाति र हजुरबुबा नउठेपछि आफन्तले हेर्न जाँदा पुरिएको अवस्थामा देखेको र स्थानीयलाई खबर गरेको सुनारले बताए ।

स्थानीय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शव निकालेर पोष्ट्मार्टमका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबिच गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहतस्वरुप ३० हजार सहयोग गर्ने भएको छ ।

घटनास्थलको स्थलगत अवलोकन गरी गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ३० हजार प्रदान गर्ने बताएका हुन् ।

थम्मन थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment