Comments Add Comment

स्याङ्जाको गल्याङमा ट्रक दुर्घटना, दुईको मृत्यु

२७ साउन, काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुंगामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् ।

पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नम्बरको मालबाहक ट्रक गल्याङ नगरपालिकाको मालुंगास्थित तल्लो बजारीबाट सडकभन्दा २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएका एक महिला र एक पुरुषको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । तीन घाइतेको पाल्पाको प्रवास मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment