Comments Add Comment

बुटवलको पाखापानीमा पहिरो खस्यो, पूर्व-पश्चिम राजमार्ग अबरुद्ध

२७ साउन, बुटवल । बुटवलको पाखापानीमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । पहिरोका कारण बुटवलबाट पश्चिम जोड्ने एकमात्र मुख्य राजमार्ग अबरुद्ध भएपछि सडकमा सयौं सवारी साधनको लाइन लागेको छ ।

बुटवल जीतगढीस्थित मनकामना मन्दिर नजिकै लेदो सहितको पहिरो खसिरहेको हो ।

सडकको अबरोध हटाउने पहल थालिएपनि निरन्तरको बर्षाका कारण पहिरो पन्छाउन नसकेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दिउँसो २ बजेदेखि बुटवल क्षेत्रमा निरन्तररुपमा भिषण बर्षा भइरहेको हो । बषर्ाका कारण बुटवल बजार जलमग्न बनेको छ ।

बुटवल पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग पनि अबरुद्ध भएको छ । सिद्धबाबाको भिरबाट ढुंगासहित खसेको पहिरोले सडक पुरिएको छ ।

सडक खुलाउन निकै जोखिम रहेकाले केहि समय लाग्ने प्रहरीले जनाएको छ । बुटवलका सबै सडकमा पानी जमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment