Comments Add Comment

अँगालोबाटै खोसिए मुटुका टुक्रा

२९ साउन, काठमाडौं । ‘साँझ अबेरसम्म हामी दुवै काम गरेर फर्केका थियौं, छोराछोरी खाना खाएर सुतिसकेका थिए । मलाई पनि सञ्चो थिएन । करिब १० बजेतिर कटेजको ढोकातिर सुतेँ । पानी हल्का परिरहेको थियो । थाकेका कारण निदाइहालेछु । तर, मध्यरातमा बज्रपात नै आइलाग्यो, पत्तै भएन अँगालोबाट मुटुका टुक्रा खोसिएको कुरा ।’

शनिबार अस्पतालमा भेटिएका उदय खड्काले सहिनसक्नुको पीडा यसरी सुनाए । सँगै सुतेका तीन छोरा छोरी अनि जीवनसाथीलाई पहिरोका कारण गुमाउनु परेको पीडा सुनाउँदै खड्काले भने, ‘मलाई काल आएन । अब जीवन नै उजाड भयो । कसरी जिउने ? दुःख गरेर हुर्काएको छोराछोरीको उद्धार गर्न पनि सकिनँ । श्रीमतीलाई बोलाउन पनि सकिनँ । मध्यरातमा साहरा पनि पाउन सकिनँ ।’

शनिबार बिहान करिब २ बजे पहिरोले टहरा पुर्दा कमलामाई नगरपालिका–६ स्थित २ नम्बर बजारका खड्काका श्रीमती, छोरी र २ छोराको ज्यान गएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment