Comments Add Comment

जनता बैंकको नाफा करिब ५ गुणा बढ्यो, नाफा रकम भने ६४ करोड


२९  साउन, काठमाडौं । गत आव २०७३/७४ मा जनता बैंकको नाफा करिब ५ गुणा (३ सय ८० प्रतिशत) ले बढेर ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १३ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी ५२ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ५ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १५ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ४१ करोड ५९ लाख फिर्ता ल्याएको छ । उच्च राइट ब्याकले बैंकको नाफामा उल्लेख्य सुधार हुन सकेको देखिएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि आधारले रकम घटाएर १७ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २.०९ प्रतिशत रहेको छ भने प्रावधान ९८ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड रहेको छ । चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफल समेत वृद्धि भएको छ । यो दर ७.२८ प्रतिशत छ । प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती १ अर्ब ८२ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग ७.२५ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन १०१ प्रतिशतले बढेर ४८ अर्ब ५७ करोड र कर्जा लगानी १ सय २ २ प्रतिशतले बढेर ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.६३ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात ११.९३ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब ११ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब ९ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा १६ अर्ब र सेयर धितोमा कर्जा ६३ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment