Comments Add Comment

हिमालयन बैंकको नाफामा २ अर्बमाथि


२९ साउन, काठमाडौं । गत आव २०७३/७४ मा हिमालयन बैंकको नाफा करिब १२ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ९३ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी ९ प्रतिशतले बढेर ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ७१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १२ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ६० करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ९१ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ८१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.८७ प्रतिशत रहेको छ भने प्रावधान १ सय ८६ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल केह िघटेको छ । यो दर २१.२४ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ५ अर्ब २७ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग ६९.४९ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ६.३४ प्रतिशतले बढेर ९२ अर्ब र कर्जा लगानी १४ प्रतिशतले बढेर ७७ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७९ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ९.५७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १२.२३ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब ४ करोडले वृद्धि भएको छ । बैंकले सेयरको धितोमा २ अर्ब ४६ करोड र ओभर ड्राफ्ट शीर्षकमा ३८ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment