२९ साउन, ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो पाथीभरा गोल्ड कप फुटबलको उपाधिका लागि मोरङको सगरमाथा युवा क्लव र काठमाडौंको चर्च व्वाइज युथ क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा सशस्त्र प्रहरी दमकको टोलीलाई २-१ ले हराउँदै सगरमाथाले चर्च व्वाइजसँगको उपाधि भेट पक्का गरेको हो । यसअघि शनिबार भएको पहिलो सेमीफाइनल खेलमा चर्च व्वाइजले आयोजक टोलीलाई पराजित गरेको थियो ।
आजको खेलमा अग्रता जोगाउन नसक्दा सशस्त्रले सगरमाथालाई खेल सुम्पन बाध्य भयो । पहिलो हाफमा पेनाल्टीमार्फत नवीन लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा निकै दवावमा रहेको सगरमाथा दोस्रो हाफमा भने लयमा र्फकेको थियो । दोस्रो हाफमा लगातार सगरमाथाका भुवन वस्नेत र विनोद केसिले गोल गर्दै टिमलाई फाईनल प्रवेश गराएका हुन ।
सेमीफाइनल खेलको म्यान अफ दि म्याच मोरङका अशोक खबास भएका छन् ।
गत साउन २२ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । बिजेताले २ लाख ११ हजार १११ र उपबिजेताले १ लाख ११ हजार १११ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4