+
+

बाढीपीडितको सहयोगमा जुट्यो निजी क्षेत्र, महासंघद्वारा १ करोड सहयोग घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते १८:२६


२९ साउन, काठमाडौं । देशभर बाढीपहिरोले बिनास निम्त्याइरहेको समयमा निजी क्षेत्र पनि सहयोगका लागि जुटेको छ । नेपाल उद्योग बाणिज्य महासंघले विभिन्न संघ तथा कम्पनीहरुसँग मिलेर बाढीपीडितलाई नगद तथा जिन्सी गरी करिब १ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ ।

महासंघले विभिन्न संघ तथा कम्पनीहरुबाट सहयोग रकम जुटाएको छ । महासंघ आफैले १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल औषधि उत्पादक संघले ५० लाख नगद बराबरको औषधि, नेपाली यूवा उद्यमी मञ्चले नगद तथा जिन्सी गरी १५ लाख रकम प्रदान गर्ने भएको छ । शंकर ग्रुपको तर्फबाट नगद र तथा जिन्सी गरी ५ लाख रकम, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघ संस्थाबाट १० लाख गरी महासंघले १ करोड जुटाएको हो ।

साथै सहयोग जुटाउनको लागि महासंघले सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरेको छ । बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता समेत संचालनमा ल्याएको छ ।

बैंक अफ काठमाडौंमा रहेको एफएनसिसिआई रिलिफ फन्ड एकाउन्ट नम्बर ०१२५०००००६३५ मा सबै सदस्य तथा उद्योग वाणिज्य संघहरूलाई सहयोग रकम संकलन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?