Comments Add Comment

डेब्यू खेलमा नेइमारको गोल, पिएसजीको सहज जित

 

३० साउन, काठमाडौं । २०० मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेइन् पुगेका सुपरस्टार नेइमारले डेब्यू खेलमै गोल गरेका छन् ।

लिगको दोस्रो खेलमा पिएसजीले आइतबार जियनगुइनलाई ३-० ले हराउँदा २५ वर्षीय ब्राजिलियन स्ट्राइकर नेइमारले तीनै गोलमा भूमिका निर्वाह गरे ।

जोर्डन इकोकोले आत्मघाती गोल गरेपछि ५२औं मिनेटमा पिएसजीले अग्रता लिएका थियो । नेइमारको पासमा एडिसन काभानीको प्रहार क्लियर गर्न लाग्दा उनले आफ्नै पोष्टमा गोल गरेका थिए ।

पहिलो हाफमा गोल गर्न नसकेको पिएसजीले आत्मधाती गोलमा अग्रता लिएपछि दुई गोल गर्‍यो । ६२औं मिनेटमा काभानीले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गर्दा नेइमारले नै पास उपलब्ध गराएका थिए ।

त्यस्तै ८२औं मिनेटमा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले पिएसजीका लागि डेब्यू गोल गरे । यसपटक काभानीले उनलाई पास उपलब्ध गराएका थिए । गत साता लिग वानमा विजयी सुरुवात गरेको पिएसजीले दोस्रो खेलमा पनि सहज जित हासिल गरेको हो ।

सामान्यतः बायाँ साइडबाट खेल्ने नेइमारलाई प्रशिक्षक उनाइ एम्रेले मध्यक्षेत्रमा छिर्न स्वतन्त्रता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment