Comments Add Comment

सुदूरपश्चिका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

३० साउन, डडेल्धुरा। सुदूरपश्चिका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार बिहान पौने ४ बजे देखि डडेल्धुरा लगायतका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।

कैलालीको अत्तरियादेखि डोटीको बुढरसम्मको लाइनमा समस्या आएको हुँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख राजमणि बजगार्इंले जानकारी दिए ।

अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्न डडेल्धुरा र अत्तरियाबाट कर्मचारीहरु खटाइएको प्रमुख बजगार्इंले बताए । ‘लाइनको कुन ठाउँमा समस्या आएको छ, त्यो पत्ता लागेको छैन्’ प्रमुख बजगार्इंले भने, ‘कुनै टावरमा समस्या आएको भए कर्मचारीहरु पठाएका छौँ, छिट्टै विद्युत चालू हुन्छ ।’

विद्युत नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, डोटी र अछाम क्षेत्रका उपभोक्ता समस्यामा परेका छन् । विद्युत नहुँदा यस क्षेत्रका संचारमाध्महरु बढी प्रभावित भएका छन् । बिहानबाट विद्युत नहुँदा यस क्षेत्रका अशिकांश संचारमाध्यमहरु बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment