Comments Add Comment

दिपेन्द्र सिंह ऐरी पिपुल च्वाइस अवार्डको मनोनयनमा

३० साउन, काठमाडौं । युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरी पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलन गरेर पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

पिपुल्स च्चवाइस अवार्डको मनोनयनमा ऐरीसँगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सका कान्छीमाया कोजु, जुडोकी फुपुल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ परेका छन् ।

ऐरी नेपाली राष्ट्रिय टिमबाट वर्ष २०७३ मा सर्बाधिक ३५७ रन बनाउने खेलाडी हुन्, जसमा ४ अर्धशतक सामेल छ । त्यस्तै उनले चार विकेटसमेत लिएका छन् ।

त्यस्तै रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडीको रुपमा चर्चित बनेकी गौरीका सिंहले ३० वटा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । १२औं सागमा उनले १ रजत र ३ काश्य गरी कीर्तिमानी चार पदक जितेकी थिइन् ।

म्याराथन र हाफ म्याराथनकी राष्ट्रिय कीर्तिमानधारी कान्छिमाया कोजुले वर्ष २०७३ मा ५ वटा प्रतियोगिताको उपाधि जितिन् । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत जित्दै आफूलाई अब्बल सावित गरिन् ।

रियो ओलम्पिकमा जित हात पार्न नसकेपनि प्रभावशाली प्रदर्शन गरेकी फूपूल्हामू १६औं एसियाली जुनियर जुडो च्याम्पियनसिपकी काश्यपदक बिजेता हुन् भने सातौं राष्ट्रिय खेलकुदकी स्वार्ण पदकधारी खेलाडी हुन् ।

नेपालले एएफसीको पहिलो उपाधिका रुपमा सोलिडारिटी कपको उपाधि जित्दाका नेपाली टिममा महत्वपूर्ण सदस्य सुजल श्रेष्ठले मनाङ मस्र्याङ्दी क्लवलाई मोफसलका चार प्रतियोगितामा उपाधि दिलाएका छन् । उनी दुहवी गोल्डकपका उत्कृष्ट खेलाडी र आहा राराका उत्कृष्ट मिडफिल्डर हुन् । राष्ट्रिय टोलीबाट जापान भ्रमणमा रहेकाले सुजल अाजको कार्यक्रममा उपस्थित थिएनन् ।

एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा आगामी भदौ २६ गते आयोजना हुने स्पोर्टस अवार्डमा विजेताको नाम सार्वजनिक गरिनेछ । एसएमएस भोटिङ र फेसबुकमा चार लाइक बराबरको एक भोटका आधारमा नतिजा सार्वजनिक गरिने मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए ।

एसएमएस भोटिङ गर्नका pulsar<space>DA टाइप गरी ३३१३१ मा सेण्ड गर्न सकिनेछ । त्यस्तै गौरिकाका लागि pulsar<space>GS, कान्छीमायाका लागि pulsar<space>KK, फूपूल्हामूका लागि pulsar<space>PK र सुजलका लागि pulsar<space>SS टाइप गरी ३३१३१ मा एसएमएस गर्नुपर्नेछ । भोटिङका लागि टिएचटी लाइभसँग सोमबारै सम्झौता भइसकेको छ । फेसबुक लाइभका लागि टिएचटीले जारी गर्ने आधिकारीक पेजमा लाइक गर्न सकिने बताइएको छ । भोटिङ भदौ २५ गते राति १२ बजेसम्म गर्न सकिनेछ ।

भदौ २६ गते वितरण गरिने अवार्डमा पिपुल्स च्वाइससहित ८ विधा छन् । अन्य विधाहरुमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र प्रशिक्षक, उत्कृष्ट पाराएथ्लिट अवार्ट, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment