+
+

सुजुकीले खोल्यो नेपालकै पहिलो ट्याक्सी लक्षित विशेष सर्भिस सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३० गते १७:४२


३० साउन, काठमाडौं । काठमाडौंको जोरपाटीमा ट्याक्सी धनी लक्षित गर्दै विश्व स्तरिय सुजुकी सेवा केन्द्रको उद्घाटन गरिएको छ । सुजुकी ट्याक्सीका धनीहरुलाई पूर्ण सर्भिस सुविधा उपलब्ध गराइ सेवाका लागि कुर्नुपर्दा तीनलाई पर्न जाने घाटा न्यूनीकरण गरी नाफा बृद्धि गराउनेे सोचका साथ सञ्चालित यो आफ्नो किसिमकै पहिलो सेवा केन्द्र हो ।

अत्याधुनिक प्रविधि सुसज्जित सम्पुर्ण समस्या पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविधाहरु सेवा केन्द्रमा उपलब्ध रहेको छ । साथै, तिनको सञ्चालनका लागि तालिम प्राप्त अनुभवि प्राविधिकहरुको ब्यवस्था समेत रहेको छ ।

केन्द्रमा सेवा प्रदायकलाई आरामदायी अनुभव प्रदान गर्न आरामदाय वेटिगं लाउन्ज, रिफ्रेशमेन्ट सुविधा र प्रसस्त पार्किगं स्पेसको ब्यवस्था समेत रहेको छ । कम्पनीद्वारा प्रेशित प्रेश विज्ञप्तिका अनुसार सेवा केन्द्रले दिनको १२ घण्टा विहान ७ देखि बेलुकी ७ बजेसम्म सुविधा उपलब्ध गराउने छ ।

साथै, ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुटपनि उपलब्ध गराएको जानकारी दिइएको छ ।

सेवा केन्द्रको उद्घाटन एमएसआइएलका महा प्रबन्धक (सर्भिस) ए राघवन, एमएसआइएलकै कन्टि्र म्यानेजर (सर्भिस) गुरकिरात सिं, सीजी होल्डिंस्का प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको उपस्थितिमा गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कारदेखि ट्याक्सी सम्मको विक्रिमा देशकै अग्रणी वितरक भएको आधारमा खरिदकर्तालाई उत्कृष्ट र छरितो सेवा उपलब्ध गराइ तिनको आम्दानीमा बृद्धि गराउन तेवा पुर्‍याउनु आफ्नो दायित्व भएको अरुण चौधरीले बताए ।

‘तिनप्रति पूर्ण समर्पित सेवा उपलब्ध गराइ सञ्चालन खर्चमा कटौती ल्याउँदै आम्दानीका लागि थप समय उपलब्ध गराउन यो पहल गरिएको हो’ चौधरीले भने ।

त्यसैगरी कारमाण्डू मोटर्सको सेवा केन्द्रका निर्देशक सुरज गिरीले ट्याक्सी धनीहरुलाई विश्वस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता स्वरुप यो पहल गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?