Comments Add Comment

एक सिंगे गैंडा र ६ वटा हरिण मृत फेला


३० साउन, चितवन । बाढीले बगाएर ल्याएको दुर्लभ एकसिंगे गैंडा नवलपरासीको नारायणी नदी किनारमा मृत फेला परेको छ । नारायणी नदीको ठोकर नम्बर १३ मा एक सिंगे गैंडा मृत अवस्थामा भेटिएको हो ।

गंैडासँगै ६ वटा हरिण पनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए ।

नारायणी नदीको भेल जंगल छेउँमा प्रवेश गरेपछि आत्तिएर बन्यजन्तुहरु नारायणी नदीको भेल तर्फ आउँदा बगेको हुन सक्ने कोइरालाले बताए ।

पानीको बहाव बढ्दै गएपछि गैंडा, मृग, हरिण, जरायो, बँदेल, स्याल जस्ता वन्यजन्तु मानव बस्तीमा समेत पुगेका थिए । तर कति संख्यामा वन्यजन्तु बगे भन्ने यकिन तथ्यांक भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment