+
+

४ दिनदेखि बिजुली नआउँदा फोन सम्पर्क पनि टुट्यो

अनिल खत्री अनिल खत्री
२०७४ साउन ३१ गते १२:०३

३१ साउन, गुल्मी । अविरल वर्षासँगैको पहिरोले बिद्युत परियोजनाको नहर बगाउँदा बत्ती बाल्न नपाएका गुल्मी मुसीकोटका जनतासँग सञ्चार सम्पर्क पनि टुटेको छ ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ७ मा रहेको तल्लो तथा उपल्लो दरमखोला लघु जलविद्युत परियोजना संचालन हुन अझै एक सताभन्दा बढी लाग्ने प्राविधिकले बताएका छन् । बिद्युत आपूर्ति बन्द भएपछि मुसीकोट नगरपालिकाको वामी टक्सार लगायत बागलुङको खर्वाङ आसपासका क्षेत्रमा सञ्चार सम्पर्क पनि टुटेको छ ।

नेपाल टेलिकमको जिएसएम सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्स, एडिएसएल सेवा ठप्प बनेको छ । विद्युत नहुँदा सवैका मोबाइल स्वीच अफ भएका छन् । नेपाल टेलीकम गुल्मीका प्रमुख उमनाथ पोखरेलका अनुसार विद्युत लामो समय नआउँदा आफूले केहि गर्न नसक्ने बताए ।

‘२ दिन सम्म त व्याकअपले काम गर्छ, नजिक केन्द्रीय लाइन पनि छैन’, प्रमुख पोखरेलले भने ‘जेनेरेटर पाइँदैन तम्घासबाट लान सक्ने अवस्था छैन ।’

विद्युत संचालन हुन अझै केहि दिन लाग्ने देखिएको छ । ८५ किलोवाट क्षमताको तल्लो दरमखोला लघु जलविद्युत परियोजनाको नहरको केहि भाग नै पहिरोले बगाएको छ भने बाँध पुरेको छ । पुरेको नहर सफा गरिए पनि पहिरोले बगाएको नहर निर्माण गर्न कम्तिमा अझै एक हप्ता लाग्न सक्ने विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

बाँधमा पहिरोले पुरेको तथा विद्युतको हाइटेन्सन लाइनकै केहि पोल पहिरोले बगाएको र भाँचिएकाले विद्युत सुचारु हुन केहि दिन लाग्न सक्ने अध्यक्ष मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?