Comments Add Comment

चितवनकी क्रिस्टिनलाइ ‘मिस टिन अफ दि इयर’को उपाधि


चितवनकी क्रिस्टिन पौडेलले यस बर्षको ‘मिस टिन अफ दि इयर’को उपाधि जितेकी छिन् । काठमाण्डौमा आयोजना भएको यो प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाइ पछि पार्दै क्रिस्टिनले उपाधिसहित ‘मिस फोटोजेनिक र वेष्ट स्पिच’को विधाको टाइटल समेत जितिन् ।

उपाधि जितेपछि क्रिस्टिनले यो ताजलाई आफ्नो करिअर अगाडि बढाउने हतियारको रुपमा प्रयोग गर्ने बताइन् । उनले, आफूलाई मोडलिङ र अभियनमा रुची भएकाले पनि करिअरलाई यो क्षेत्रमा लैजाने बताइन् ।

रिवन इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगीतामा सिसम भट्टराइ फस्ट रनरअप, प्रभा टन्डन सेकेन्ड रनरअप र प्रभा पाण्डे थर्ड रनरअप बन्न सफल भए । यस्तै, एउटै मञ्चमा आयोजित अर्को प्रतिस्पर्धा ‘नेपाल्स फेसन अफ दि इयर’को उपाधि आरजु सिलवालले हात पारिन् ।

यो प्रतिस्पर्धामा दिनेश शर्मा, आयुष रिजाल, अनु शाह, सूर्य चन्द, सरोज प्याकुरेल मुल्यांकनकर्ताको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment