Comments Add Comment

बुधबारदेखि काठमाडौंमा दुई दिने ईन्टरनेशनल एजुकेसन फेयर

३१ साउन, काठमाण्डौ । शैक्षिक परामर्शदाता कम्पनी सम्वद्ध संगठन आइरिन र नाइरको संयुक्त आयोजनामा इन्टरनेशनल एजुकेशन फेयर हुने भएको छ ।

काठमाण्डौको होटल अन्नपूर्णमा भदौ ३२ गते बुधबारबाट सुरु हुने फेयर बिहीबारसम्म सञ्चालन हुने छ ।

फेयरमा अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, युरोप र भारत लगायतका देश सम्वद्ध विश्वविद्यालय तथा क्याम्पसहरुका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।

फेयरमा कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर लगायत उच्चपदस्त कर्मचारीहरुको उपस्थित रहने हुँदा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु सम्वन्धित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुलाई राख्न पाउनेछन् ।

प्लस २ पश्चात विदेशी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको छात्रवृत्ति सम्वन्धी चासो र जिज्ञासालाई सम्वोधन गर्न विशेष ब्यवस्था गरिएको आईरिनका अध्यक्ष प्रेम पाण्डे बताउँछन् ।

फेयरमा २० वटा भन्दा बढि परामर्षदाता कम्पनीहरुको उपस्थिति रहने बताईएको छ । दश वर्षभन्दा बढी सेवा प्रदानगरिसकेका तथा अनुभवी परामर्षदाता कम्पनीहरुको उपस्थिति रहने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment