+
+

बलिउडका ठूला स्टार किन भड्किए कपिल शर्मासँग ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते २१:३९

भारतमा कुनै पनि नयाँ फिल्म रिलिज हुनुअघि कमेडिन कपिल शर्माको शोमा गएर प्रमोसन गर्ने प्रचलन नै बसिसक्यो । तर, अभिनेता अक्षयकुमार आफ्नो पछिल्लो फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ को प्रमोसनका लागि कपिलको शोमा गएनन् ।

यसअघि अक्षय आफ्ना हरेक फिल्मलाई लिएर कपिलको शोमा जाने गरेका थिए । कपिल र अक्षयको कमिक ट्यूनिङ पनि निकै राम्रो थियो । र, फिल्मलाई पनि यसले फाइदा गरेको थियो । तर, अहिले आएर अक्षयले किन कपिललाई मुन्टो बटारे ? बलिउडमा अहिले यो प्रश्नको उत्तर खोजी भइरहेको छ ।

त्यसो त अक्षय मात्र होइन, अन्य स्टारहरुले पनि कपिलसँग दुरी बनाउन खोजेको देखिन्छ । कपिललाई निकै माया गर्ने शाहरुख खान, सलमान खान र रणवीर कपुरजस्ता स्टारहरु पनि आफ्नो पछिल्लो फिल्मको प्रमोसनका क्रममा कपिललाई उपेक्षा गरे ।

शाहरुख र अनुष्का शर्मा आफ्नो फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रमोसनका लागि कपिलको शोमा पुगेनन् ।  त्यतिबेला कपिलको स्वास्थ्य बिगि्रएकाले शाहरुख आउने कार्यक्रम रद्द भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए ।

अभिनेता सलमान खानले पनि आफ्नो फिल्म ‘ट्यूबलाइट’ लाई कपिलको शोमा प्रमोसन गरेनन् । बरु उनले सोही च्यानलमा दुई घन्टाको विशेष एपिसोड सुटिङ गरे । यसमा कपिलका पुराना साथीहरु सुनील ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेले साथ दिएका थिए । सलमानले आफ्नो फिल्मलाई नच बलिये ८, सारेगामापा लिटिल च्याम्पियन र तारक मेहताको उल्टा चश्मामा प्रमोट गरे ।

यसै प्रकारले रणवीर र कैटरिना कैफ पनि आफ्नो फिल्म जग्गा जासुसको प्रमोसन गर्न कपिलको शोमा गएनन् । जबकि उनीहरु अन्य थुप्रै रियालिटी शोमा पुगेका थिए ।

कपिलसँग बिमान यात्राका क्रममा झगडा परेपछि उनको पुरानो टिमका केही कलाकारले शो छाडेर हिँडेका छन् । त्यसलाई पूर्ति गर्न कपिलले चन्दन प्रभाकर र भारती सिंहलाई भित्र्याए । तर, यसले खासै फरक परेको छैन । शोको टिआरपी तल झर्ने क्रम जारी छ । सायद यही भएर सुपरस्टारहरुले कपिललाई भाउ दिन छोडेको अनुमान गरिएको छ । त्यसो त उडिरहेको जहाजभित्र आफ्नै सहकर्मीहरुलाई तथानाम गाली गरेको खबर सार्वजनिक भएसँगै कपिलको छवी नराम्ररी बिग्रिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?