+
+

आर्थिक समाचार: भिजिट भिसामा पठाउदै, रकम असुल्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते ६:००


३२ साउन, काठमाडौं । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेको तथ्य भेटिएको हो ।

नागरिक दैनिकले भिजिट भिसामा पठाउदै, रकम असुल्दैलाई मुख्य समाचार बनाएको छ । कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्नेलाई पनि नागरिकले लेखेको छ । त्यस्तै एनसेलले पठायो एक हप्तामा ६० लाख एसएमएसलाई पनि लेखेको छ ।

२० वर्षसम्म पैसा नचलाए जफतलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । अव्यवस्थित तार एक महिनामै हटाइनेलाई पनि अन्नपूर्णले लेखेको छ । त्यस्तै नेपाली पसलमा चिनियाँको तालालाई पनि अन्नपूर्णले लेखेको छ ।

आर्थिक विकासका लागि नेपाल–चीन तीन सम्झौतालाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पीपीपी मोडलमालाई पनि कारोबारले लेखेको छ । विद्युत अवरुद्ध हुँदा सञ्चार सेवा विच्छेदलाई पनि लेखेको छ ।

बाढी पहिरोबाट कृषिमा करिब तीन अर्बको क्षतिलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै प्राथमिकता क्षेत्रमा लगानी नगरे उच्च दरको जरिवानालाई पनि गोरखापत्रले लेखेको छ ।

तीन सम्झौतामा हस्ताक्षर बाढीपीडितलाई १० लाख डलर सहयोगलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?