Comments Add Comment

गुल्मी रेसुङ्गाको साउने मेला सकियो

३२ साउन, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभूमि रेसुङ्गामा लागेको साउने मेला सकिएको छ ।

गुल्मीको सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर मेला आयोजना गरेको थियो । धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ब्यवस्थापन समितिले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री, चण्डी शिवजीको दैनिक पूजा आयोजना गरिएको रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेसचन्द्र भुसाललेे जानकारी दिए ।

धार्मिक स्थल पोखरीमा नुहाउन तथा पूजा गर्न साउन भर भिड लाग्ने गर्छ । नेपालको चार धाम मध्येकै एक धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता छ ।

एक महिने मेलामा पूजा गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु अबलोकन तथा पुजाआजा गर्न आउने गर्दछन् । साउनभर संञ्चालन हुने मेला अन्तर्गत साउन १ गते, साउने औंसी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment