+
+

आयुर्वेद अनुसन्धान केन्द्रलाई ७ प्रदेशमा विस्तारमा सघाउन चीनलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १४:३४

३२ साउन, काठमाडौं । नेपालले चीनसामू राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजनामा सघाउन प्रस्ताव गरेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेका छन् । त्यसक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजना रहेको भन्दै सहयोगको प्रस्ताव राखेका छन् ।

स्वास्थ्यमन्त्री पोखरेलले अनलाइनखबरसँग भने, ‘उहाँ सकारात्मक हुनुहुन्छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महाराको चीन भ्रमणमा थप कुराकानी हुन्छ ।’

उनले आफू अघिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा राखेको जिल्ला अस्पताल निर्माणमा सहयोग गर्ने प्रस्ताव पनि स्मरण गराएका छन् । पोखरेलका अनुसार त्यसबेला चिनियाँ समकक्षीसमक्ष ७ अर्बको उक्त योजना प्रस्ताव गरिएको थियो । त्यसबेला चिनियाँ समकक्षीले प्रक्रिया अनुसार प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

स्वास्थ्यमन्त्री पोखरेलले भरतपुर क्यान्सर अस्पताललाई जनशक्ति उत्पादन केन्द्रका रुपमा अघि बढाउनेबारे पनि चिनियाँ उपप्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

यो पनि पढ्नुहोस्

चिनियाँ उपप्रधानमन्त्री वाङले गरे आयुर्वेद अनुसन्धान केन्द्रको अवलोकन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?