Comments Add Comment

मिर्गौला झिकिनुमा मनमोहन अस्पतालको लापरवाही छैनः प्रतिवेदन

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरी

३२ साउन, काठमाडौं । नुवाकोट विदुरका शिवप्रसाद रिमालको मिर्गौला झिकिएको घटनामा मनमोहन अस्पतालको लापरवाही नभएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

मिर्गौला पत्थरीको उपचार गर्न गत जेठ २५ गते सितापाइलास्थित मनमोहन अस्पताल पुगेका ३२ वर्षीय रिमालको मिर्गौला झिकिएको थियो । पीडित पक्षले आफूलाई थाहै नदिई मिर्गौला झिकिएको भन्दै उजुरी गरेका थिए ।

सो घटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अस्पतालको लापरवाही नभएको ठहरसहित प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा अधिक रक्तश्राव भएकाले बिरामीको ज्यान जोगाउनकै लागि मिर्गौला झिकिएको र यसमा चिकित्सकको लापरवाही नभएको उल्लेख छ । साथै मानवीय संवेदनाको हिसाबले अस्पतालले पीडित पक्षलाई राहत दिने सम्झौता गर्नुलाई समितिले सही पनि ठहर्‍याएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीको संयोजकत्वमा गठित समितिले यही साउन १७ गते स्वास्थ्य सचिव डा. किरण रेग्मीलाई छानबिन प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव सनत केसी, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युुरोलोजिस्ड डा. अनिल श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी तथा शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment