Comments Add Comment

३१० स्वास्थ्य संस्था अझै पालमुनि, संक्रमण फैलने खतरा

४ भदौ, काठमाडौं । भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि अझै ३१० वटा स्वास्थ्य संस्था पालमुनि सञ्चालन भइरहेका छन् । १२ वैशाख २०७२ मा गएको भूकम्पमा ४५० वटा स्वास्थ्य संस्थामा पूर्णरुपमा क्षति पुगेको थियो ।

भूकम्पबाट क्षति भएका ३१ जिल्लाका स्वास्थ्य संस्थाको मूल्यांकन गर्दा ५५० स्वास्थ्य संस्थाको पनुर्निर्माण गर्नुपर्ने अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले जानकारी दिए । तर, समयमै पुनर्निर्माण नहुँदा अधिकांश संस्थाले अझै पालमुनिबाटै सेवा दिन बाध्य छन् ।

बिरामीलाई पालमुनि स्वास्थ्य सेवा दिँदा विभिन्न संक्रमण फैलने जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment