Comments Add Comment

होम डेब्यूमा नेयमारको दुई गोल, पीएसजी शीर्ष स्थानमा

५ भदौ, काठमाडौं । होम डेब्यूमा नेइमारले दुई गोल गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा टुसुलमाथि सहज जित हात पारेको छ ।

आइतबार भएको खेलमा १० खेलाडीमा सिमित पीएसजीले टुसुलमाथि ६–२ को जित हात पारेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा अग्रता भने टुसुलले १८ औं मिनेटमा लिएको थियो ।

तर, ३१ औं मिनेटमा नेइमारले बराबरी गोल गरे । ३५ औं मिनेटमा एड्रियन राबिओले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–१ को अग्रता लियो ।

खेलको ६९ औं मिनेटमा भेराटीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भयो ।

टुसुलले यसको फाइदा लिन सकेन । ७५ औं मिनेटमा पीएसजी पेनाल्टी पायो, जसमा काभानीले सहजै गोल गरे । तीन मिनेटपछि पीएसजीका सिल्भाले आत्मघाती गोल गरे, जुन भ्रमणकारी टोलीका लागि राहत बन्यो ।

तर, ८२ औं मिनेटमा पास्टोर र ८४ औं मिनेटमा काजावाले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले ६–२ को जित हात पारेको छ ।

यो जितले पीएसजीलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ । तर, मानाको र सेन्ट एटिएनले पनि लगातार तीन जित हात पारेको र समान ९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment