+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश र संसदको चुनाव १० मंसिरमा

आयोगले अझै पाएन कानुन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ५ गते १०:४१

५ भदौ, काठमाडौं । सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी १० मंसिरमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहानको बैठकले चुनावको मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी ४ र २१ मंसिरको मिति प्रस्ताव गरेको थियो । आयोगको प्रस्ताव पहिलो चरणमा हिमालीसहितका ३१ जिल्लामा र बाँकीमा दोस्रो चरणमा चुनाव गर्ने थियो ।

तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन मिति घोषणा हुनुलाई स्वागतयोग्य कदम बताएको छ । सचिव योगेश भट्टराईले भने, ‘निर्वाचन गर्नका लागि घोषणा गरिएको हो भने त्यससम्बन्धी कानुन पनि चाँडै पारित गराइनु पर्छ ।’

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, ‘एक चरण, दुई चरण भनिएको छैन । १० मंसिरमा दुवै तहको चुनाव गर्ने भन्ने निर्णय भएको छ ।’

स्रोतका अनुसार चुनावमा दुई वटा मतपत्र हुनेछन् । एउटामा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ । यस्तै, अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदानको व्यवस्था मिलाइने छ ।

आयोगले अझै पाएन कानुन

चुनावको मिति घोषणा भए पनि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अझै संसदमा बिचाराधीन छ । आयोगले यो विधेयक छिटो पारित गर्न ताकेता गर्दै आएको छ तर राज्यव्यवस्था समितिमै अड्किएको छ ।

साथै निर्वाचन क्षेत्र निर्वाचन आयोगको प्रतिवेदन पनि आयोगले पाउन सकेको छैन । सरकारले २१ दिनको म्याद दिएर ५ साउनमा आयोग गठन गरेको थियो । आयोगले समयमै काम नसकेपछि थपिएको १५ दिनको म्याद पनि केही दिन मात्र बाँकी छ ।

तर, आयोगले अझै काम सकेको छैन । सदस्य माधव अधिकारीले भने, ‘हामी अन्तरिक छलफलमै छौं । थपिएको म्यादभित्र प्रतिवेदन बुझाउने कोशिस गर्छौं ।’

निर्वाचन आयोगले भने १५ भदौभित्र क्षेत्र निर्धारणको प्रतिवेदन आफूले पाइसक्नु पर्ने बताएको छ ।
०००

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?