Comments Add Comment

सेनाको क्याम्प निमार्णमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

६ भदौ, काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हसुलिया गाउँपालिका कैलालीका सुन्दर चौधरीको मंगलबार बिहान ८ बजे मृत्यु भएको हो ।

नेपाली सेनाको क्याम्प निमार्ण गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायब निरीक्षक गोविन्द बोहराले जानकारी दिए ।

मृतक चौधरीको शव अहिले पोष्टमार्टमको लागि जोगबुडा अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment