+
+
Shares

ज्याकलिनका कारण आलिया र सिद्धार्थको ब्रेकअप ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ६ गते १४:०४


बलिउड गसिप बजारमा रमाएको हुन्छ । कलाकारको प्रेम, ब्रेकअपदेखि पहिरनको चर्चा सर्वाधिक धेरै बलिउडमा हुने गर्दछ । अहिले, बलिउड नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्टविचको ब्रेकअपका कारण मिडिया तातेका छन् । सिद्धार्थ, आलियाबाट टाढा हुनुको कारण नायिका ज्याकलिन फर्नान्डेजलाइ मानिएको छ ।

ज्याकलिन र सिद्धार्थविचको प्रेमका कारण आलिया टाढा भएकी हुन् भन्ने गसिप मिडियामा छाएको छ । तर, चर्चित बलिउड अनलाइन बलिउड हंगामाका अनुसार आलिया र सिद्धार्थको प्रेममा कुनै पनि खटपट भएको छैन । सिद्धार्थ र ज्याकलिन अभिनित चलचित्र ‘जेन्टलम्यान’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ ।

यो चलचित्रको प्रचारका लागि आलिया र सिद्धार्थको ब्रेकअप ज्याकलिनका कारण भएको चर्चा गरिएको बलिउड हंगामाले लेखेको छ । अघिल्लो चलचित्र ‘बार बार देखो’ असफल भएका कारण सिद्धार्थ जसरी पनि यसपटक हिट हुने धुनमा छन् । यसैले पनि उनी, आलियासँगको प्रेमबाट चलचित्रको रिलिज समयसम्म टाढा रहन चाहन्छन् । ज्याकिलन आफ्ना लागि नायिकाको रुपमा फिट भएको सिद्धार्थको वुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?