Comments Add Comment

बाबुको हातबाट अवार्ड थाप्दा अनमोलको यस्तो शैली…


सुपरस्टार हुनका लागि चलचित्र हिट दिएर मात्र हुँदैन । बाहिर दुनियाँमा पनि सबैले मन पराउने हुनुपर्छ । धेरै कलाकार पर्दामा चलेपनि बाहिर दुनियाँमा खासै भिज्न सक्दैनन् । कतिपय भने आफैलाइ सुपरस्टार भन्दै सपना देखिरहेका हुन्छन् ।

४ वटा चलचित्र रिलिज भएसँगै नेपाली चलचित्रमा सुपरस्टारको रुपमा हेरिएका नायक हुन् अनमोल केसी । जसलाइ नेपाली चलचित्र क्षेत्रले एक मात्र सुपरस्टार मान्दै आएको छ ।

उनै, अनमोल दोश्रो पटकको प्रयासमा अमेरिका पुगे । अमेरिकामा आयोजना भएको ‘दोश्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा अनमोलले देखाएको एउटा व्यवहारले उनको अहिले चर्चा भैरहेको छ ।

यो अवार्डमा अनमोलले ‘स्टार अफ द इयर’काे अवार्ड जिते । चलचित्र ‘गाजलु’बाट उनले अवार्ड पाएका थिए । अवार्ड दिनका लागि स्टेजमा उनका पिता नायक भूवन केसीलाइ जिम्मा दिइएको थियो । सुट पाइन्टमा स्टेज चढेका अनमोलले बाबुको हातबाट उभिएरै अवार्ड लिएनन् ।

अनमोलले घुँडा टेके, अनी बाबुको हातबाट अवार्ड थापे । भूवन केसी अनमोल केसीका बाबु मात्र होइनन्, नेपाली चलचित्रका सर्वाधिक चर्चित र सफल नायक पनि हुन् । बाबु तथा आफू भन्दा सिनियर कलाकारको हातबाट अवार्ड थाप्दै गर्दा अनमोलले देखाएको व्यवहार तारिफयोग्य रहेको उपस्थित चलचित्रकर्मीले बताएका छन् ।
यो अवार्ड समारोहमा केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड चलचित्र ‘लभ सासा’बाट जितिन् । दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड जित्दै गर्दा ‘छक्का पन्जा’ उत्कृष्ट चलचित्र बन्न सफल भयो ।

अवार्ड समारोहमा कलाकार ‘टिका पहारी’लाइ ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । नायक अर्जुनजंग शाही र सुवर्ण क्षेत्रीलाइ एचिभमेन्ट अवार्ड प्रदान गरियो । उत्कृष्ट सह-कलाकारको अवार्ड जितु नेपालले प्राप्त गरे । अवार्ड सकेर कलाकारहरु आज नेपाल फर्कदैछन् ।

विदेशमा आयोजना हुने अवार्डमा जो पुग्छन्, सबैले अवार्ड पाउँछन् । अमेरिकामा आयोजना भएको यो अवार्ड समारोह पनि यो शैलीबाट मुक्त हुन सकेन । अमेरिका पुगेका सबैजसो कलाकारले अवार्ड थापेर फर्किदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment