
६ भदौ, काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागीर खाइरहेका एक जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागीर खाइरहेको पुष्टि भएपछि जिल्ला शिक्षा कार्यालय उदयपुरका सवइन्जिनियर पिताम्बर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
आरोपी यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागीर खाएकोबारे छानविन गर्न परेको निवेदनका आधारमा अनुसन्धान गर्दा उनले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ ।
उनको आरोप उपर अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4