Comments Add Comment

विराटनगरमा बाढी पीडित पुनःस्थापनाको काम सुरु

६ भदौ विराटनगर । विराटनगर महानगरपालिका भित्रका बाढी र डुवानका कारण बिस्थापित भएकाहरुलाई पुनःस्थापना गर्ने काम सुरु भएको छ ।

महानगरपालिकाले बाढी र डुवानका कारण विस्थापित भएकाहरुलाई त्रिपाल र खाद्य सामग्री वितरण गर्दै पहिले घर भएकै ठाउामा फर्काउने काम अघि बढाएको हो ।

मेयर भिम पराजुलीलेे विस्थापितहरुलाई आवश्यक राहात स्वरुप खाद्यान्न र त्रिपाल लगायतका समग्री प्रदान गरी मंगलबासम्म्ा ८ हजारलाई पुनः स्थापना गरिसकिएको जानकारी दिए । ‘उद्दार र राहतको काम सकियो,’ मेयर पराजुलीले भने, ‘अब पुुनःस्थापनाको कामलाई अगाडि बढाएका छौं ।’

पूर्ण रुपमा क्षति भएका घरहरुमा पहिले बसोवास गरेकै स्थानमा अस्थायी रुपमा टहरा बनाएर उनीहरुलाई फर्काउने काम भइरहेको छ ।

बाढी र डुवानबाट विस्थापित भएका पीडितलाई विभिन्न स्कूल, संघसंस्थामा कष्टकर तरिकाले बसोबासको व्यवस्था मिलाइएको थियो ।

विस्थापित भएकाहरुलाई महानगरपालिको पहलमा तत्काललाई घरसम्म र्फकनेस्थिति निर्माणका लागि स्थानीय युुवा समूुह, नेपाली सेना तथा जीवन विकास संस्थाले सहयोग गरेका छन् ।

ठूलो संख्यामा रहेका पीडितहरुलाई एकैठाउँ राख्दा विभिन्न रोगको संक्रमण हुुन सक्ने भएकोले उनीहरुलाई पुनःस्थापना गर्न महानगरपालिका जुटेको मेयर पराजुलीले बताए ।

उनले पूर्णरुपमा क्षति पुगेका घरको विवरण संकलन गरी पीडितलाई क्षतिपूर्तिर् दिलाउन समेत सरकारसंग पहल भइरहेका बताए ।

महानगरपालिका कार्यालयकाका अनुसार अहिलेसम्म विराटनगरको २, ३, ४, ५ र १९ नम्बर वडाका विस्थापित भएका पीडितहरु पुनःस्थापनाको काम सकिएको छ ।

लगातार परेको वर्षा र विभिन्न खोलामा आएको बाढीबाट महानगरपालिकाको ३ हजार घर पूर्ण रुपमा क्षति भई करिब १२ हजार जना विस्थापित भएका छन् ।

बाढी र डुवानमा परी महानगरपालिका क्षेत्रमा मात्र ६ जनाको मृत्यु भएको छ भने करोडाैं मुल्यको नोक्सानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment