आफ्नो ट्वीटर एकाउण्ट हृयाक भएपछि बार्सिलोनाले मंगलबार राति एउटा लज्जास्पद अवस्थाको सामना गर्नुपर्यो ।
ट्वीटरमा बार्सिलोनाले रियल मडि्रडका पूर्व स्ट्राइकर एञ्जेल डिमारियालाई अनुबन्ध गरिएको फोटोसहित पुष्टि गरेको थियो ।
क्याटलन क्लवका १२ लाख फलोअर्स छन् र मंगलबारको अजिव ट्वीटपछि सबै अचम्भित भएका थिए ।
बार्सिलोनाका फ्यानहरुले व्यग्र प्रतीक्षा गरिरहेको समाचार थियो यो ।
१९८ मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेइन पुगेका नेइमारको प्रतिस्थापनका लागि बार्सिलोनाले खेलाडी खोजिरहेको छ । र, हृयाकरले घोषणा गरे कि पिएसजीका स्टारलाई बार्सा ल्याउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।
वास्तवमा यो एक ठूलो झुट थियो ।
तर, स्पेनिस जायन्ट बार्सिलोनाका समर्थकहरुले लामो समयसम्म पनि कुनै भेउ पाएनन् कि यो झुट हो ।
आवरमाइन नामक हृयाकर समूह यस घटनाको कारक हो र उनीहरुले आफ्नो हर्कतका कुनै रशस्य छोडेका छैनन् ।
बार्सिलोनाले तत्कालै डिमारिया बार्सिलोनामा आउने निश्चित भइनसकेको जानकारी गराएको थियो ।
बार्सिलोनाले भनेको छ, ‘हाम्रो एकाउण्ट हृयाक भएको छ । र हामी जतिसक्दो चाँडो यस समस्याको समाधानका लागि प्रयासरत छौं ।’
प्रतिक्रिया 4