+
+

क्रेगिबर्न नेपाली समाज र नारी निकुन्ज भिक्टोरियाको तीज मेलामा छमछमी नाचे मेल्बर्नका महिला

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १९:००

२४ अगस्ट, मेल्बर्न । क्रेगिबर्न नेपाली समाज र नारी निकुन्जको आयोजनामा तीज मेला-२०१७ सम्पन्न भएको छ । अस्ट्रेलियाको मेल्बर्नको उत्तरी सबर्ब क्रेगिबर्नमा आयोजित तस्ज मेलामा मेल्बर्नवासी नेपाली महिलाहको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा दिदीबहिनीहरु रातो पहिरन र गरगहनाले सजिएर छमछमी नाचेका थिए । हरितालिका तीजको अवसरमा आयोजित मेलामा नेपालबाट आएका अभिभावक (आमाबुवाहरु)को उपस्थिति समेत रहेको थियो ।

नाचगानका साथ साथै फोटो सेसन र दर खाएर तीज मनाइएको कार्यक्रममा अहिलेका चलेका तीजका गीतहरुमा बालबालिकादेखि बुवाआमासम्मले नाचेर रमाइलो गरेका थिए ।

कार्यक्रममा उपस्थित अधिकांश अभिभाबकहरुले तीजको परम्परा अनुसार नै दाजुभाइहरुले दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रम गरेर घर सम्झाएको भन्दै आयोजकहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बालबालिकाहरुको स्वागतगान रहेको थियो भने क्रेगिबर्न नेपाली समाजका अध्यक्ष प्रेमप्रसाद कंडेलले स्वागत मन्तब्य राखेका थिए ।

सो अवसरमा भिक्टोरियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदुत चन्द्र योन्जन, एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, हृयुम सिटी काउन्सिलका मेयर हेलेन पाटि्सकाथेडेरुले बोलेका थिए ।

कार्यक्रममा अतिथीका रुपमा केशब कंडेल, तारा गैरे, डा. उगेन्द्र रेग्मी, जमुना पराजुली, गौतम लमिछाने, सुरेन्ऽ सेढाई , गणेश अधिकारी, सुनिल मैनाली थिए ।

कार्यक्रममा उपस्थित सबैलाई नारी निकुन्ज भिक्टोरियाकी संयोजक नितु गुुरुङ्ले धन्यवाद दिएकी थिइन ।

मेल्बर्नमा यसअघि गायिका सुनिता दुलालका साथ न्याभ तीज मेला सम्पन्न भएको थियो भने खुमन अधिकारी, रमिला न्यौपाने र वर्षा राउतका साथ तीज बिशेष कार्यक्रमको पनि आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?