Comments Add Comment

खप्तडी बस्नेतहरुले मलेसियामा चेलीबेटीलाई दर खुवाएर नचाए

२४ अगस्ट, मलेसिया । मलेसियामा रहेका खप्तडी बस्नेतहरुले मलेसियामा रहेका आफ्ना दिदीवहिनीहरुलाई एकै ठाउँमा राखेर दर खुवाएका छन् ।

खप्तडी बस्नेत उत्थान समाज मलेसियाले महिलाहरुको विशेष पर्व हरितालिका तीजको मौका छोपर प्रवासमा रहेका चेलीहरुलाई दर खुवाएको हो ।

उनीहरुले जहाँ नेपाली उहीँ नेपाली पन,परम्परा र सँस्कृतिको जगेर्ना गर्नको लागि र परदेशिएका चेलीहरुले पनि आफ्ना दाजुभाइहरुसँगै छौ भन्नको लागि कार्यक्रमको आयोजना गरेका हुन् ।

दर खानको लागि मलेसियाका विभिन्न भागका रहेका चेलीहरु सबै एकै ठाउँमा रातो सारीमा सजिएर जम्मा भएका थिए ।

मिन, शान्ता,नीरा,महेन, कौसल,निच्चल, बिमल बस्नेत लगायतकाले शुभकामना आदानप्रदान गर्दै आफूहरु नेपालमै भएको झल्को दाजुभाईहरुले दिएकोमा निकै खुसी भएको बताएका थिए ।

दर खाएपछि उनीहरु तीज गीतमा छमछमी नाचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment