Comments Add Comment

‘तीज फेसन शो’को विजेता बनिन् ज्ञानु पुन

२५ अगष्ट, टोकियो । हामी दिदीबहिनी ग्रूपको आयोजनामा टोकियोमा सम्पन्न तीज फेसन शो प्रतियोगितामा काठमाडौंकी ज्ञानु पुन बिजयी भएकी छन ।

तीजको पहिरनमा ‘क्याट-वाक’ गर्दै सबैको मन जितेकी ज्ञानुले निर्णायकबाट आएको प्रश्नको समेत उत्कृष्ट जवाफ दिदै तीज फेसन शो प्रतियोगितामा उनी प्रथम बनेकी हुन् ।

फेसन शोमा ज्ञानुले तीजको मौलिकतालाई परिभाषित गर्दै निर्णायकद्वय दीप्ति राजभण्डारी र रमेश श्रीस मगरको मन जितेकी थिइन् ।

फेसन शो प्रतियोगितामा निरजा भण्डारी दोस्रो बनिन् भने सरु के.सी तेस्रो हुन सफल भइन् । प्रतियोगितामा ९ जना नेपाली युवतीहरु सहभागी थिए ।

त्यस्तै जापानमै पहिलो पटक सम्पन्न भएको तीज नृत्य प्रतियोगितामा सुनिता सापकोटा प्रथम, धनु गुरुङ द्वितीय र रीता गुरुङ तृतीय भए ।

तीजको अवसरमा आयोजित मोडेल फोटो प्रतियोगितामा रेनु के.सी प्रथम घोषित भइन् । त्यस्तै रजनी महर्जन दोस्रो र अनिता अधिकारी तृतीय हुन सफल भइन् । विजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

म नेपाली ग्रूपकी संयोजक स्मिृति आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हामी दिदीबहिनी ग्रूपका अनिता क्षेत्री र सुनिता श्रीसले तीजको महत्वबारे आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा आचार्यले पछिल्लो समय तीज मनाउने बाहानामा नेपाली दिदीबहिनीहरुले फजुल खर्च, अर्काको देखासिकी गर्ने प्रवृत्ति बढेसँगै विकृती भित्रिएको गुनासो गरेकी थिइन ।

उनले महिलाहरुको विशुद्ध चाड तीजलाई सबै मिलेर विकृतिरहित बनाउन समेत आग्रह गरिन् ।

कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि जापान आएका नेपाली महिला दिदीबहिनीको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment