Comments Add Comment

सुर्खेतमा बञ्चरो प्रहारबाट ग्राहकको हत्या

१० भदौ, सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित एक होटलमा ग्राहकको हत्या भएको छ ।

वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा भाञ्जा होटलमा बस्दै आएका कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या भएको हो ।

होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको हिजो साँझ सात बजेतिर बञ्चरो प्रहारबाट हत्या भएको हो । शाहीको हत्या होटेल सञ्चालक देवीप्रसाद ढकालले गरेको प्रहरीले बताएको छ ।

हत्यालगत्तै फरार भएका संदिग्ध ढकाललाई प्रहरीले वीरेन्द्रनगरकै गणेशचौकबाट पक्राउ गरेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गर्ने भन्ने बारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।

उनले घटनाका विषयमा अनुसन्धान थालिएको बताए । घटनासंगै सुर्खेतमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment