Comments Add Comment

नवाजुद्दीनको यात्राः चौकिदारदेखि बन्दुकवाजसम्म

बलिउडमा नवाजुद्दीन सिद्दिकीको आफ्नै पहिचान बनिसकेको छ । शानदार अभिनयका लागि चिनिने यी अभिनेता आज जुन स्थानमा छन्, आफ्नै मिहिनेत र बलबुताले पुगेका हुन् ।

नवाजले बलिउडमा स्थापित हुनका लागि गरेको संघर्ष निकै प्रेरणादायी छ ।

१९ मे, १९७४ मा उत्तरप्रदेशको मुजफ्फनगर जिल्लास्थित बुढाना गाउँमा उनको जन्म भएको थियो । नवाजका बुवा किसान थिए र उनका ९ जना छोराछोरी थिए । उत्तर प्रदेशको सानो गाउँबाट निस्किएर मुम्बईमा आएर अभिनेता बन्दासम्मको यात्रा उनका लागि पक्कै सजिलो थिएन ।

स्नातकपछि नवाज दिल्ली आए र आफ्नो जिविका चलाउनका लागि चौकीदारको नोकरी गरे । मुम्बई आउनुभन्दा अगाडि उनले पाँच वटा मात्र फिल्म हेरेका थिए । उनको गाउँमा कुनै थिएटर थिएन । फिल्म हेर्नका लागि ४५ किलोमिटरको यात्रा गर्नुपथ्र्यो ।

करिअरका प्रारम्भिक दिनहरुमा नवाजले थुप्रै फिल्महरुमा सानातिना रोल गरे । १९९९ मा आएको फिल्म ‘शूल’ मा उनले वेटरको भूमिका निभाएका थिए भने आमिर खानको फिल्म ‘सरफरोश’ मा चोरको भूमिकामा देखिएका थिए । फिल्म मुन्नाभाई एमबीबीएसमा पनि उनी छोटो रोलमा देखिएका थिए ।

नवाजले फिल्म ‘मिस लवली’ मा पहिलोपटक रिल र रियल लाइफमा किसको मज्जा लुटेका थिए । एउटा अन्तरवार्ताका दौरान उनले भनेकाच छन् कि त्यसभन्दा अघि उनले आफ्नी श्रीमतीलाई पनि किस गरेका थिएनन् । नवाजको बिहे सानै उमेरमा भएको थियो । जब उनी मुम्बईमा संघर्ष गरिरहेका थिए उनकी पत्नी गाउँमै बसेर परिवार सम्हालिरहेकी थिइन् ।

सन् २०१० मा रिलिज भएको आमिर खानको फिल्म ‘पिपली लाइभ’ मा नवाजले एक पत्रकारको भूमिका निभाए, जसलाई धेरैले मन पराएका थिए । सुरज घोषको फिल्म ‘कहानी’ पछि उनलाई धेरैले नोटिस गर्न थाले । उनको करिअरमा सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट चाहिँ अनुराग कश्यपको फिल्म ‘ग्यांग्स अफ वासेपुर’ ले ल्यायो । यो फिल्ममा उनले फैजल नामको पात्र बनेका थिए । यो फिल्मका डाइलगहरु दर्शकका जिभ्रोमा अहिले पनि झुण्डिएकै छन् ।

नवाजले सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र ‘किक’ मा महत्वपुर्ण भूमिका निभाएका थिए । यसका अलावा फिल्म ‘बदलापुर’ मा पनि उनको भूमिकालाई दर्शकले मन पराए ।

थुप्रै ठूला स्टारसँग काम गरिसकेका नवाज अहिले बलिउडकै प्रतिभाशाली अभिनेतामा गनिन्छन् । उनको नयाँ फिल्म ‘बाबुमोशाय बन्दुकवाज’ शुक्रबार रिलिज भएको छ । हेरौं यस फिल्मले नवाजको करिअरलाई कस्तो मोड दिने हो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment