+
+

धुलिखेल नगरपालिकाका वडाध्यक्ष राजन कोइरालाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १० गते १२:११


१० भदौ, काठमाडौं । अज्ञात व्यक्तिको आक्रमणमा परेको आशंकामा पाँच दिनअघि अस्पताल भर्ना गरिएका धुलिखेल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजन कोइरालाको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा आइसीयुमा राखेर उपचार गराइरहेका बेला कोइरालाको शुक्रबार राति ११ बजेर ५६ मिनेट जाँदा निधन भएको धुलिखेलका मेयर अशोक ब्याञ्जुले अनलाइनखबरलाई बताए ।

गत आइतबार बेहोस अवस्थामा फेला परेका कोइरालाको उपचार ५ दिनअघिदेखि नर्भिकमा भइरहेको थियो ।

मेयर ब्याञ्जुले डाक्टरहरुलाई उधृत गर्दै दिएको जानकारी अनुसार, वडाध्यक्ष कोइरालाको निधन कुटपिटबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।
‘ब्याञ्जुले भने–‘ घटनाको प्रकृति हेर्दा चोटपटक लागेको छ । घटनजास्थलमा रगत बगेको देखिन्छ ।’

धुलिखेल रवीओपीका बासिन्दा कोइरालालाई बेहोस अवस्थामा भेटेर स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । अहिलेसम्म शंकास्पद कोही पनि पक्राउ परेका छैनन् ।

कोइरालाको देब्रे कानको छेउमा चोट लागेको थियो । चोटका कारण उनको ब्रेन फुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?