Comments Add Comment

शाहरुखकी पत्नीलाई फिल्ममा काम गर्ने अफर

बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी एक इन्टेरियर डिजाइनर हुन् । उनले हालै मुम्बईमा आफ्नो नयाँ स्टोर खोलेकी छिन् ।

यस अवसरमा फराह खानदेखि लिएर रानी मुखर्जी र श्रीदेवीसम्मले उनलाई भेटेर बधाई दिइसके । हालै निर्देशक सञ्जय लीला भन्साली पनि गौरीको नयाँ स्टोर हेर्न पुगेका थिए ।

गौरीले सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरु पोष्ट गरेकी छिन् । तस्वीरमा शाहरुख खान पनि गौरीसँगै देखिन्छन् । गौरीले भन्सालीलाई आभार पनि प्रकट गरेकी छिन् ।

सञ्जय गौरीको कामबाट यति प्रभावित भए कि उनले सेट डिजाइनिङमा सहकार्य गर्ने प्रस्तावसमेत राखे । गौरीले लेखेकी छिन् कि उनी अब यो प्रस्तावमा विचार गर्नेछिन् । त, के गौरी अब फिल्मतिर अगाडि बढ्दैछिन् ? हुन पनि सक्छ । आखिर उनका पति यति ठूलो स्टार छन् र उनी आफैं एउटा प्रोडक्सन कम्पनीको मालिक्नी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment