Comments Add Comment

स्टर्लिङले सिटीलाई जिताए तर रातो कार्ड खाए

१० भदौ, काठमाडौं । राहम स्टर्लिङले खेलको अन्तिममा गोल गर्दै म्यानचेष्टर सिटीलाई जित दिलाएका छन् । तर, सेलिब्रेसनका कारण रातो कार्ड पाएका छन् ।

शनिबार भएको खेलमा म्यानचेष्टर सिटीले बोर्नमाउथलाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बोर्नमाउनले १३ औं मिनेटमा अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा जेससले बराबरी गोल फर्काए । खेलमा थप गोल हुन सकेन र पहिलो हार १-१ को बराबरीमा रहृयो ।

दोस्रो हाफमा पनि सिटीले गोल गर्न सकेन र, खेल बराबरीतर्फ उन्मुख भएको थियो । खेल सकिनै लाग्दा स्टर्लिङले गोल गर्दै सिटीलाई जित दिलाए ।

तर, सेलिब्रेसनका क्रममा उनले पहेँलो कार्ड पाए । दोस्रो पहेँलोसँगै उनले रातो कार्ड पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment