+
+

सामसुङ ग्यालेक्सी नोट ८ का ९ विशेषता, जुन आइफोनमा छैनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ११ गते १३:१२

सामसुङ र एप्पलका फोनहरुलाई आपसमा प्रतिस्पर्धिमानिन्छन् । यी दुई कम्पनीहरुवीच आफ्ना मोबाइल फोनहरुमा नौलानौला विशेषताहरु थप्ने होड नै चलेको हुन्छ ।

यहाँ हामी एप्पलको आइफोनमा नपाइने सामसुङको ग्यालेक्सी ८ का नौ वटा विशेषताहरुको बारेमा चर्चा गरिरहेका छौं :

१. ‘सामसुुङ पे’ ले अधिकांस चुम्बकीय क्रेडिट कार्ड रिडरमा काम गर्छ । एप्पल पेमा जस्तो विशेष भुक्तानी प्याड चाहिँदैन ।

२. स्क्रिन यति ठूलो छ कि तपाईं एकैचोटि दुईवटा एप चलाउन सक्नुहुन्छ । तपाईं एकजोडी एप्स प्रोग्राम गर्न पनि सक्नुहुन्छ जुन एक ट्यापले एकैचोटि लन्च हुन सक्छन् । ठूलो स्क्रिन भएको आइफोन ७ प्लसमा  स्क्रिनमा एक चोटिमा एउटा मात्र एप रन गर्न सकिन्छ ।

३. पोट्रेट फोटोहरुमा खिचिसकेपछि वा खिच्नुअगावै ब्लर इफेक्टलाई मिलाउन सकिन्छ । आइफोनमा यस्तो सुविधा छैन ।

४. नोट ८ मा दुवै रियर क्यामरा लेन्सहरुमा अप्टिकल इमेज स्टेबिलाइजेसन रहेका छ । यसको अर्थ तपाईंका तस्बिरहरु ब्लर आउने सम्भावना न्यून हुन्छ । आइफोन ७ प्लसको एउटा मात्र लेन्समा अप्टिकल इमेज स्टेबिलाइजेसन रहेको छ ।

५. सामसुङको डिएक्स डोकबाट तपाइर्ं आफ्नो नोट ८ लाई एउटा डेक्सटप कम्प्यूटरमा बदल्न सक्नुहुन्छ । डिएक्सले किबोर्ड, माउस र मोनिटरसँग कनेक्ट गर्न सक्छ र एन्ड्रोइडको विशेष डेस्कटप संस्करण सञ्चालन गर्छ । तपाईं आफ्नो आइफोनको  स्क्रिनलाई मोनिटर वा टेलिभिजनको रुपमा हेर्न सक्नुहुन्छ तर तपाईं यसलाई किबोर्ड र माउससँग कनेक्ट गर्न सक्नुहुन्न ।

६. नोट ८ ताररहित चार्ज हुन्छ । आइफोनको ताररहित चार्ज सुविधा छैन तर आगामी आइफोन ८ मा यो फिचर समावेश गरिने हल्ला चलिरहेको छ ।

७. आइरिस स्क्यानरले फोनलाई केवल हेरेको भरमा अनलक गर्ने सुविधा दिन्छ । यो सुरक्षित, छिटो र प्रयोग गर्न सजिलो छ । यद्यपि तपाईं नोट ८ लाई फिंगरपि्रन्ट वा पासकोडबाट पनि अनलक गर्न सक्नुहुन्छ । तर, आइरिस स्क्यानर अति सजिलो छ । आइफोनमा तपाईं पासकोड वा फिंगरपि्रन्ट मात्रै प्रयोग गर्न सक्नुहुन्छ ।

८. तपाईं लेख्दाखेरी स्टाइल प्रयोग गर्न र स्त्रिmनमा स्केच गर्न सक्नुहुन्छ । ग्यालेक्सी नोट ८ मा नयाँ फिचर समावेश गरिएको छ, जसलाई लाइभ म्यासेज भनिन्छ । यसले तपाईंलाई आफ्नो स्केचलाई एनिमेटेड जिआइएफको रुपमा स्टोर गरेर फेसबुक, टि्वटर टेक्स्ट म्यासेजका रुपमा सेयर गर्न सक्नुहुन्छ । आइफोनमा केही थर्ड पार्टी स्टाइली रहेका छन् तर सामसुङको एस पेनमा पाइनेजस्तो सबै विशेषताहरु यसमा छैनन् ।

९. मेमोरी कार्डबाट अतिरिक्त स्टोरेज थप्ने ग्यालेक्सी नोट ८ मा अतिरिक्त २ सय ५६ जीवीसम्म थप्न सकिन्छ । आइफोनमा इन्टरनल स्टोरेज मात्रै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?